Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा ‘यो मन त मेरो नेपाली हो’ले जित्यो अवार्ड

फिल्मीखबर, काठमाडौं, 2025/11/13

mitra pradhan

 

देशभक्ति भावनाको कथावस्तुमा आधारित फिल्म ‘यो मन त मेरो नेपाली हो’ले अमेरिकामा अवार्ड जित्न सफल भएको छ । क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा आयोजित ‘सान फ्रान्सिस्को इन्टरनेशनल न्यू कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्मले उत्कृष्ट कथानकको अवार्ड जितेको हो । कार्यक्रममा फिल्मका निर्देशक मित्र प्रधान (नर)ले अवार्ड ग्रहण गरेका थिए । 

विश्वभरिबाट ११८ फिल्म छनोट भएकोमा ‘यो मन त मेरो नेपाली हो’ले उत्कृष्ट फिल्मको अवार्ड जित्नु देशका लागि नै खुसीको कुरा रहेको निर्देशक प्रधानले बताए । उनका अनुसार फेस्टिभलका जुरीले फिल्मको कथावस्तुको प्रशंसा गरेका थिए । यो फिल्मले यसअघि बेलायतमा आयोजित ‘मिल्टन किन्स इन्टरनेशनल फिल्म फेस्टिभल’मा उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड जितेको थियो । 

ज्ञान बहादुर प्रधान (रोशन)को निर्माण रहेको फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती लगायतले अभिनय गरेका छन् । पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्ममा शिवम् अधिकारीको लेखन तथा सौरभ लामाको छायांकन तथा बनिश शाहको सम्पादन छ । 

यो फिल्ममा नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई मुख्य कथावस्तु बनाइएको छ । भुटानको शासकबाट लखेटिएर नेपाल आएका भुटानीको कथा पनि यसमा छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल र अमेरिकामा छायांकन गरिएको फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।