Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमीले’ गीतमा नाचे दीपाश्रीदेखि अञ्जलीसम्म

फिल्मीखबर, काठमाडौं, 2025/11/15

GANESH UPRETI, RAMESH UPRETI, PRAKASH GHIMIRE, DEEPA SHREE NIRAULA

 

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशकीय फिल्म ‘झरिपछिको इन्द्रेणी’को पहिलो गीत ‘फसायो लमीले’ सार्वजनिक गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलबाट शनिबार सार्वजनिक लोकलयमा आधारित यस गीतमा समीक्षा अधिकारी र वसन्त थापाको स्वर रहेको छ भने शब्द तथा संगीत संयोजन रमेश परियारको छ । 

केटाकेटीबीचको रमाइला नोकझोंकलाई समेटिएको गीतको भिडियोमा रमेश उप्रेती, दीपाश्री निरौला, अञ्जली अधिकारी, प्रदीप लामासहितका कलाकारलाई प्रस्तुत गरिएको छ । इन्गेजेमन्ट (औंठी साटासाट) कार्यक्रमको माहोललाई कैद गरिएको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । गीतले विवाहको माहोलमा दर्शकलाई रमाइलो अनुभव दिलाउने अपेक्षा गरिएको छ ।

अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्ममा दीपाश्री र रमेशसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, विमोचन दवाडी, जेसिका पोखरेल, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतले अभिनय गरेका छन् । गणेशले यही फिल्मबाट ९ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् ।

अनु थापा, पंकज खड्का र राम कार्की सह-निर्माता रहेको फिल्ममा निर्देशक घिमिरे स्वयंको कथा लेखन छ भने उनलाई पटकथा तथा संवादमा गणेश कार्की र विशाल घिमिरेले सघाएका छन् । यसमा रोमन बज्रचार्यको पार्श्व ध्वनी, मित्र डि. गुरुङको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।