Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हर्ष’को ‘कुटु कुटु’ गीतमा माया साट्दै खगेन्द्र र वर्षा

फिल्मीखबर, काठमाडौं, 2025/11/14

Barsha Raut, Khagendra Lamichhane

 

आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । प्रेमका भावना व्यक्त यस गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको छ भने एलिस कार्कीको कम्पोज, नीरकमल खड्का (मामल)को शब्द रचना तथा शैलेन्द्र एम प्रधानको एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी खगेन्द्र लामिछाने र वर्षा राउतलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ, जसमा उनीहरूको केमेस्ट्री आकर्षक देखिन्छ । लोकेशन, छायांकन र कोरियोग्राफीले दृश्यलाई अझ जीवन्त बनाएको छ । गीतमा प्रयोग भएका शब्द र भिडियाका रोमान्टिक दृश्यले दर्शकमा प्रेमिल मुड सिर्जना गर्ने देखिन्छ ।

स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा खगेन्द्र र वर्षासहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, लुनिभा तुलाधर, अंशु महर्जन, सुवर्ण थापा, सिर्जना नापित, साइमन वादी (बाल कलाकार) लगायतको अभिनय रहेको छ । यसमा आलोक शुक्लाको छायांकन छ ।

समीर-हिमाल, वसन्त सापकोटा र एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको फिल्ममा प्रशन्न पौडेल र विकास पौडेल निर्मातामा छन् । हिक्मत चोखाल कार्यकारी निर्माता हुन् । पारिवारिक सम्बन्धका भावनात्मक उतारचढावमा आधारित ‘हर्ष’ले वंश (उत्तराधिकारी)को विषयलाई कथाको केन्द्रमा राखेको छ ।