Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरक्षाको ‘धागो’ नेपाल र भारतमा एकसाथ रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/11/14

Surakshya Panta Dhaago

 

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ शुक्रबारबाट नेपाल र भारतका हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ । निर्माण पक्षका अनुसार फिल्मलाई भारतका सिलिगुडी, दार्जिलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ र डुवर्स क्षेत्रमा रिलिज गरिएको छ । यी क्षेत्रमा नेपाली भाषी दर्शकहरूको बसोबास उल्लेख्य रहेकाले फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

फिल्मले नेपालका हलहरूमा भने अपेक्षित शो पाउन सकेको छैन । हाल प्रदर्शनरत ‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेकाले ‘धागो’ न्यून शोमा खुम्चिएको छ । प्राप्त शोहरूमा टिकट बुकिङ पनि सन्तोषजनक देखिँदैन । यो अवस्थामा फिल्मलाई व्यापारिक गति समात्न बलियो वर्ड अफ माउथ आवश्यक पर्ने देखिन्छ ।

उदिप राणा थापाको निर्देशनमा बनेको यो फिल्मले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरूको जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेको छ । यसमा सुरक्षासहित प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतले अभिनय गरेका छन् । फिल्मको एक गीतमा वर्षा राउतले नृत्य गरेकी छन् । 

बलिउडका अनिकेर एम. घोघको छायांकन, अखिलेश रायको सम्पादन तथा पुष्पन प्रधानको संगीत रहेको फिल्ममा उमा थापा, उत्तम थापा र उदिप थापा निर्मातामा छन् । फिल्मले पारिवारिक सम्बन्धका उतार-चढाव, आर्थिक अभावले निम्त्याउने चुनौती, र विषम परिस्थितिमा पनि अभिभावकले सन्तानको सपनाका लागि गर्ने त्याग र संघर्षलाई चित्रण गरेको जनाइएको छ ।