Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सेल्फी किङ’का निर्देशकले बनाए संवादरहित फिल्म ‘वन इन अ मिलियन’

फिल्मीखबर, काठमाडौं, 2025/11/13

One in a Million

 

२०७६ सालमा फिल्म ‘सेल्फी किङ’ निर्देशन गरेका विशाल सापकोटाले अमेरिकामा सर्ट फिल्म बनाएका छन् । उनले लेखन तथा निर्देशन गरेको फिल्म ‘वन इन अ मिलियन’ बुधबार युट्युबमा सार्वजनिक गरिएको छ । हिँडेर अमेरिका जाने एक नेपाली युवाको संघर्षको कथामा आधारित यो फिल्म करिब १४ मिनेट लामो छ । यसमा संवादको प्रयोग गरिएको छैन । 

सुनिता भण्डारी निर्माता रहेको फिल्ममा अभिनेता हसन राजा खानले मुख्य भूमिका निभाएका छन् । फिल्मको कथा पूर्ण रूपमा उनीमाथि केन्द्रित छ । संवादबिना पनि उनले हाउभाउ र भावभंगीमार्फत मनछुने अभिनय गरेका छन् । यही फिल्मबाट उनी सात वर्षपछि अभिनयमा फर्किएका हुन् । पछिल्लो पटक उनी फिल्म ‘रोमियो’मा देखिएका थिए ।

रामेश्वर कार्कीको छायांकन र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको यस सर्ट फिल्ममा हसनसँगै सुभाष थापा, नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलको पनि अभिनय देख्न सकिन्छ । यो फिल्म ‘इजिप्टियन अमेरिकन फिल्म फेस्टिभल-२०२५’ र ‘फिल्ममेकर सिजन भोल्यूम ११’मा छनोट भएर स्क्रिनिङ भइसकेको छ ।