Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ २’मा मुकुन नहुने, भित्रिए महेश

फिल्मीखबर, काठमाडौं, 2025/11/12

Mahesh Tripathi and mukun bhusal

 

निर्देशक ज्ञानेन्द्र देउजा यतिबेला आफ्नो सुपरहिट फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माणको तयारीमा छन् । आगामी मंसिर १५ गतेबाट छायांकन सुरु हुन लागेको ‘झिँगेदाउ २’मा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट लगायतका कलाकारहरू अनुबन्धित भइसकेका छन् । यसमा अभिनेता मुकुन भुसाल पनि दोहोरिने निश्चित थियो । तर, अब फिल्ममा उनी नहुने भएका छन् । 

निर्देशक देउजाले मुकुनलाई फिल्मबाट आफूले निकालेको बताए । तर, उनले मुकुनलाई हटाउनुको कारण भने खुलाउन चाहेनन् । उनले भने, ‘अब मुकुन फिल्ममा छैनन् । मैले हटाइसकेको छु । उनको ठाउँमा महेश त्रिपाठी अनुबन्धित पनि भइसकेका छन् ।’ उनका अनुसार फिल्ममा महेशले केकीको श्रीमानको भूमिकामा निभाउनेछन् ।

२०७९ सालमा प्रदर्शन भएको ‘झिँगेदाउ’ समीक्षात्मक र व्यावसायिक दुवै हिसाबले सफल ठहरिएको थियो । घरेलु बक्स अफिसमा ४ करोडमाथिको व्यापार गरेको यो फिल्म जहाँ अन्त्य भएको थियो, सिक्वेल त्यहीँबाट सुरु हुने जनाइएको छ । दुई छोरा र बुहारीबीचको झगडा एकाएक उत्कर्षमा पुगेपछि आमा निराश भएर वृद्धाश्रम गएपछि फिल्म टुंगिएको थियो ।

निर्देशक देउजाका अनसार ‘झिँगेदाउ’ जस्तै सिक्वेल पनि ग्रामीण परिवेशमा निर्माण हुनेछ । यतिबेला फिल्मको छायांकनका लागि सेट निर्माण भइरहेको उनले बताए । पुराना शैलीका घर र त्यसअनुरूपको परिवेश देखाउन बजेट ठूलो लाग्ने उनको अनुमान छ । फिल्मलाई आगामी वर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ ।