Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रभात र स्मारिका स्टारर ‘मुगलान’को टिजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/11/09

 Prabhat Pal, Smarika Dhakal

 

आशिष ढकालको निर्देशनमा बनेको फिल्म ‘मुगलान’को टिजर सार्वजनिक गरिएको छ । रोजगारीका लागि परदेश जानुपर्ने नेपाली युवाको बाध्यताको कथालाई केन्द्रमा राखिएको टिजरमा त्रिकोणात्मक प्रेमकथा, गरिबी, र परदेशमा भोग्नुपर्ने पीडालाई मर्मस्पर्शी रूपमा देखाइएको छ । टिजर हेर्दा फिल्मले नेपाली समाजको यथार्थ चित्रण गरेको देखिन्छ ।

आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा प्रभात पाल र स्मारिका ढकाल मुख्य भूमिकामा छन् । टिकटकर स्मारिकाले यही फिल्मबाट डेब्यु गरेकी हुन् । यसमा श्री शिवांशी, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन (ख.ब.पु.), राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतको पनि अभिनय रहेको छ । 

निर्देशक ढकाल स्वयंको लेखन रहेको फिल्मका निर्माता गोमन सिंह हुन् । सह-निर्मातामा रिता चौधरी रहेकी छन् । यसमा अजय रेग्मीको डीओपी, तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन, रिदम कँडेलको ब्याकग्राउन्ड म्यूजिक, किरण भुषालको संगीत तथा देवेन्द्र कुँवरको कोरियोग्राफी रहेको छ ।