Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्लाही र सिराहामा ४५ दिन खिचेपछि ‘प्रतिवैरम’ प्याकअप

फिल्मीखबर, काठमाडौं, 2025/11/08

Aalisha Bastola

 

रोशन दासको डेब्यु निर्देशकीय फिल्म ‘प्रतिवैरम’को छायांकन पूरा भएको छ । मधेश केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको छायांकन शुक्रबार ४५ दिनमा सकिएको हो । फिल्मको सर्लाहीमा १५ दिन र सिराहामा ३० दिन छायांकन गरिएको निर्देशक दासले बताए । 

ज्याकको डीओपी रहेको फिल्ममा सम्राट दास, विरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकी लगायतले अभिनय गरेका छन् । फिल्मको एक गीतमा अभिनेत्री प्रियंका कार्कीको नृत्य देख्न पाइनेछ ।

रेज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा निर्देशक दास स्वयंको कथा छ भने पटकथा युवराज भट्टराईले तयार पारेका हुन् । फिल्मलाई आगामी वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । यसमा दाजु–बहिनीबीचको भावनात्मक सम्बन्धलाई मुख्य रूपमा चित्रण गरिएको बताइएको छ ।