Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आनालाई लिएर बन्यो ‘रमिताको पिरती’, माघ २३ मा रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2025/11/05

ramitako porati

 

सुदिप्ताको डेब्यु निर्देशनमा बनेको फिल्म ‘रमिताको पिरती’ आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर पनि सार्वजनिक गर्‍यो । प्रेम, विछोड र पीडाको भाव झल्किएको पोस्टरमा फिल्मका तीन मुख्य कलाकार आना शर्मा, विनय श्रेष्ठ र समीर श्रेष्ठ चित्रित छन् ।

समीरले यही फिल्मबाट अभिनेताको रूपमा डेब्यु गरेका हुन् । गायकको रूपमा परिचित उनका ‘हेर न’, ‘थाम हात’, ‘तिमीले’ जस्ता गीत युवापुस्तामाझ निकै चर्चित छन् । फिल्ममा अभिनेता धीरज मगरको पनि विशेष भूमिका रहेको कार्यक्रममा जानकारी गराइयो । पोस्टर हेर्दा फिल्ममा उनी गायकको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । 

महिला केन्द्रित भनिएको यो फिल्मको कार्यकारी निर्मातामा आना शर्मा र सन्तोष लम्साल रहेका छन् । सागर लम्साल निर्माता रहेको फिल्ममा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रूपमा छ । फिल्मका गीतमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलले संगीत दिएका छन् । फिल्मलाई शिशिर विशांखेले छायांकन गरेका हुन् ।

 

ramitako porati


कार्यक्रममा आनाले आफूले ‘कम्फर्ट जोन’भन्दा बाहिर रहेर फिल्ममा काम गरेको बताइन् । अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको उल्लेख गर्दै उनले दर्शकलाई पनि फिल्मको कथा मनपर्ने विश्वास व्यक्त गरिन् । फिल्ममा काम गर्दा धेरै कुरा सिक्न पाएको र त्यसले आफूलाई अझ परिपक्व बनाएको उनको भनाइ छ ।