Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबारको टक्कर : ‘जारी २’ र ‘मन बिनाको धन’ले कति पाए शो ?

फिल्मीखबर, काठमाडौं, 2025/11/05

jaari 2 and man binako dhan

 

शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेका दुई नेपाली फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’का लागि हलहरूले शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बिक्री सुरु गरेका छन् । यी दुई फिल्ममध्ये शो संख्याका आधारमा ‘जारी २’ अग्रस्थानमा छ । बुधबार बिहान साढे १० बजेसम्म देशभर फिल्मलाई कुल १४३ शो उपलब्ध भएको खल्ती एपमा देखिन्छ । 

‘मन बिनाको धन’ भने न्यून शोमा खुम्चिएको छ । यसलाई देशव्यापी जम्मा २३ शो उपलब्ध छ । अझै केही हलले टिकट बिक्री सुरु गर्न बाँकी रहेकाले दुवै फिल्मको केही मात्रामा शो बढ्ने देखिन्छ । बुकिङ खुलेसँगै पूर्वका हलमा ‘जारी २’को टिकट आक्रामक रुपमा बिक्री भइरहेको छ । केही शो ‘सोल्ड आउट’ नै भइसकेका छन् । यसले फिल्मप्रति दर्शकको उत्साह दर्शाउँछ ।

उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको ‘जारी २’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको यो फिल्म २०७९ सालमा ब्लकबस्टर बनेको ‘जारी’को सिक्वेल हो ।

गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म ‘मन बिनाको धन’लाई टंक बुढाथोकीले निर्देशन गरेका हुन् । यसमा अशोक स्वयं मुख्य भूमिकामा छन् भने उनीसहित सन्तोष पन्त, रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको अभिनय रहेको छ ।