Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खगेन्द्र र वर्षा स्टारर ‘हर्ष’को ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/11/04

Khagendra Lamichhane, Barsha Raut

 

स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरले वंश (उत्तराधिकारी)को विषयलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्धका भावनात्मक उतारचढावलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । 

ट्रेलरमा कलाकार सन्तोष पन्तको एउटा संवाद छ, ‘पुस्तौंदेखिको विरासत छ यो माटोमा मेरो वंशको । तीन पुस्तालाई तर्पण दिनुपर्छ ।’ यसले फिल्मको मूलभावलाई स्पष्ट रूपमा उजागर गरेको छ । वंश धान्न र तर्पण दिन आफ्नै कोखबाट जन्मिएको सन्तान चाहिन्छ भन्ने विषयलाई फिल्मले मुख्य कथावस्तुका रूपमा अगाडि ल्याएको देखिन्छ । 

प्रशन्न पौडेल र विकास पौडेलको संयुक्त निर्माण रहेको यो फिल्ममा सन्तोषसहित खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा लगायतले अभिनय गरेका छन् । यसमा आलोक शुक्लाको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

निर्देशक पौडेल स्वयंको लेखन रहेको फिल्मका गीतमा समीर-हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीले संगीत दिएका छन् भने कोरियोग्राफी सुनिल क्षेत्री र निर्देशक पौडेल स्वयंको छ । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा स्वं. निर्देशक शिव रेग्मीले लेखेका गीत पनि समावेश गरिएको छ ।