Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समाजलाई मेरो उत्तर हो ‘मन बिनाको धन’ : टंक बुढाथोकी

फिल्मीखबर, काठमाडौं, 2025/11/02

Tanka Budathoki

 

संगीतकारको रूपमा परिचित टंक बुढाथोकीले गायक अशोक दर्जीको अभिभावकत्व लिएपछि विभिन्न आरोपको सामना गर्नुपर्‍यो । अशोकको लोकप्रियताको आडमा आफू चर्चामा आउन खोजेको, अशोकलाई आफ्नो नियन्त्रणमा राखेको जस्ता आक्षेप अझै पनि उनीमाथि लागिरहेको छ। अब यी आरोपको एकमुष्ठ जवाफ उनले फिल्ममार्फत दिँदैछन् । त्यो फिल्म हो, ‘मन बिनाको धन’ ।

यही शुक्रबार (२१ कात्तिक)देखि प्रदर्शन हुन लागेको यो फिल्मलाई टंक स्वयंले निर्देशन गरेका हुन् भने अशोक मुख्य भूमिकामा छन् । अशोकको संघर्षदेखि सफलतासम्मको कथामा टंकले फिल्म बनाएका हुन् । उनी आफूमाथि लागेका आरोपको उत्तर दिने उद्देश्यले फिल्म बनाएको बताउँछन् । अशोकका लागि आफूले गरेको संघर्ष र भोगाइलाई फिल्ममा देखाइएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘मैले समाजलाई धेरै कुराको उत्तर दिनुपर्ने थियो । फिल्ममार्फत सबै उत्तर दिएको छु । ट्रेलरको अन्तिममा मेरो जुन संवाद छ, त्यही नै हो फिल्म । त्यही नै हो मैले दिन खोजेको उत्तर । फिल्मभित्र अझै धेरै उत्तर छन् । यो फिल्म बनाउनुको मुख्य उद्देश्य भनेकै अशोकका लागि म गलत थिइनँ र छैन भन्ने हो । मैले भोगेका कुरा मैले नै देखाउनुपर्छ भनेर यो फिल्म बनाएको हुँ ।’

फिल्मको ट्रेलरमा टंकले अशोकको सफलताको कथा बढी देखाएका छन् । जसले गर्दा उनले अशोकको संघर्षलाई लुकाउन खोजेको टिप्पणी भइरहेको छ । यसबारेमा उनले स्पष्ट पार्दै भने, ‘हामीले सुरूमा ट्रेलरमा अशोकको संघर्षका दृश्य धेरै राखेका थियौं । तर, अहिले नै सबै देखाइदिँदा हलमा हेर्ने धेरै कुरा रहँदैन भनेर ट्रेलरमा राखेनौं । फिल्ममा भने अशोकका सबै कुरा छन् ।’