Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप अभिनीत ‘एक्लो’को टिजरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2025/10/31

PRADEEP KHADKA

 

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुष १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक्लो’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेटभन्दा लामो टिजरले फिल्मको रहस्यमय कथा र पात्रहरूबीचको तनावपूर्ण संघर्षको झलक प्रस्तुत गरेको छ । पैसा र सत्ताका लागि हुने लडाइँलाई फिल्मले मुख्य कथावस्तुका रूपमा अगाडि ल्याएको देखिन्छ ।

सस्पेन्स र थ्रिलरको संयोजन रहेको टिजरमा अभिनेता प्रदीप खड्का युद्ध कौशलयुक्त पात्रको रूपमा प्रस्तुत छन् । तर, उनको अनुहार पूर्ण रूपमा देखाइएको छैन । अभिनेत्री बेनिशा हमालको गेटअपले रानीको संकेत गरेको छ । कविता नेपाली र बेलायती अभिनेता जेमी बेकन ब्रिटिश पुलिसको भूमिकामा देखिएका छन् । टिजरले दर्शकमा फिल्मप्रति उत्सुकता बढाउने देखिन्छ ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायतले पनि अभिनय गरेका छन् । एनआरएन समूहको लगानी रहेको फिल्मको निर्मातामा प्रदीप खड्का पनि छन् । 

विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको ‘एक्लो’को छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ । यो फिल्मको गत मेमा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको थियो । यसपछि अन्तर्राष्ट्रिय बजारमा फिल्मको चर्चा चुलिएको छ ।