Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हर्ष’को पोस्टरमा झल्किएको खगेन्द्र र वर्षाको प्रसन्नता

फिल्मीखबर, काठमाडौं, 2025/10/31

Harsha-Poster

 

एकता पौडेलको निर्देशनमा बनेको फिल्म ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी मंसिर १२ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्मको पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतसहित बाल कलाकार साइमन वादी हर्षित मुद्रामा देखिएका छन् । यसले फिल्मको कथा पारिवारिक सुख र सन्तुष्टिमा आधारित रहेको संकेत गर्छ ।

प्रशन्न पौडेल र विकास पौडेलको संयुक्त निर्माण रहेको यो फिल्ममा खगेन्द्र, वर्षा र साइमनसहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित लगायतले अभिनय गरेका छन् । यसमा आलोक शुक्लाको छायांकन रहेको छ भने लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्देशक पौडेल स्वयंको लेखन रहेको फिल्मका गीतमा समीर-हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीले संगीत दिएका छन् भने कोरियोग्राफी सुनिल क्षेत्री र निर्देशक पौडेल स्वयंको छ । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा स्वं. निर्देशक शिव रेग्मीले लेखेका गीत पनि समावेश गरिएको छ । निर्देशक पौडेल उनकै भान्जी हुन् ।