Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिजरको प्रभाव : तीन देशमा बिक्यो ‘परिवर्तन’को प्रदर्शन अधिकार

फिल्मीखबर, काठमाडौं, 2025/10/30

pariwartan

 

गत सोमबार फिल्म ‘परिवर्तन’को टिजर रिलिज भयो । एक्सनलाई केन्द्रमा राखिएको टिजरले फिल्मको हाइप नै एकाएक चुल्याएको छ । सामाजिक सञ्जालमा टिजरले उत्साहजनक प्रतिक्रिया पाउँदै दर्शकको ध्यान आकर्षित गरेको छ । टिजरले सिर्जना गरेको सकारात्मक प्रभावपछि यतिबेला विदेशमा फिल्मको माग समेत बढेको छ ।

बुधबार मात्र निर्माण पक्षले तीन देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री गर्‍यो । कतार, यूएई र जापानमा फिल्म बिक्री भएको हो । कतार र युएईका लागि अशिष इन्टरटेनमेन्टले प्रदर्शन अधिकार खरिद गरेको छ भने जापान अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक सिवाकोटीले बताए । अन्य केही दिनका लागि पनि कुरा भइरहेको उनको भनाइ छ ।

विजय केरुङको निर्देशनमा बनेको ‘परिवर्तन’को टिजरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । उनको एक्सन नै टिजरको सबैभन्दा आकर्षक पक्ष हो । उनी अन्यायको विरुद्ध लड्ने पात्रको रूपमा प्रस्तुत छन् । टिजरले फिल्मको कथा नेपाल-भारत सीमा क्षेत्रमा नेपालीमाथि भइरहेको अन्याय र अत्याचारमा आधारित रहेको संकेत गर्छ ।

आगामी माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा सुशीलसहित करिश्मा मानन्धर, अञ्जना बराइली, हेमन्त बुढाथोकी, सिरू विष्ट, सरोज खनाल, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, आशा पौडेल, आयुषा कार्की लगायतको अभिनय रहेको छ । यसमा  दीपक सिवाकोटीको कथा छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।