Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मन बिनाको धन’को ट्रेलरमा अशोकको संघर्ष र सफलताको कथा

फिल्मीखबर, काठमाडौं, 2025/10/29

Ashok Darji

 

गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको ट्रेलरले गायक दर्जीको संघर्ष र सफलताको कथा पेश गरेको छ । बाल्यकालमा पैसाका लागि सडकमा गीत गाउने अवस्थाबाट चर्चित गायक बन्ने यात्रासम्मको घटनाक्रमलाई यसमा समेटिएको छ ।

प्रेम, हाँसो, रोदन र खुसीको मिश्रण रहेको ट्रेलरमा अशोकको संघर्षपूर्ण बाल्यकाल, ‘मन बिनाको धन’ गीतको लोकप्रियतापछि पाएको ख्याती, स्कूले जीवनका रमाइला क्षणहरूसँगै निमुखा जनतामाथि राज्यले गर्ने व्यवहार र विदेश पलायनको कथालाई पनि मर्मस्पर्शी रूपमा देखाइएको छ । ट्रेलरमा समावेश केही दृश्यले कथामा ठूलो ट्विस्टको संकेत गरेका छन् ।

संगीतकार टंक बुढथोकीको निर्देशनमा बनेको यो फिल्ममा अशोकसहित सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत लगायतको अभिनय रहेको छ । यसमा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पारेका हुन् । 

कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको ‘मन बिनाको धन’मा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत तथा मित्र डि. गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको फिल्ममा जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन् । सपना शर्मा कार्यकारी निर्माता हुन् ।