Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैं र तिहारका फिल्मको व्यापार : टपमा ‘जेरी’

फिल्मीखबर, काठमाडौं, 2025/10/28

jeri on top

 

यो वर्षको दशैं र तिहारमा फिल्म रिलिजको चाप उच्च रह्यो । यी दुई पर्वलाई लक्षित गर्दै १५ दिनको अन्तरालमा सातवटा फिल्म प्रदर्शनमा आए । दशैंमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’बीच प्रतिस्पर्धा हुँदा तिहारमा ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’, र ‘मैझारो’ प्रदर्शन भए । तर, यी सात फिल्ममध्ये ‘जेरी अन टप’ले मात्र बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ ।

दशैंका तीन फिल्मले गत शनिबारसम्म लगभग १४ करोड कमाएका छन् । त्यसमा ‘बलिदान’को ५ करोड ७ लाख, ‘हरिबहादुरको जुत्ता’को ४ करोड ७० लाख र ‘माइतीघर’को ४ करोड ११ लाख छ । चर्चाको हिसाबले यी फिल्मको व्यापार अपेक्षाभन्दा धेरै कम हो । यसपालि दशैंमा २५-३० करोड व्यापार हुनसक्ने अनुमान गरिएको थियो । तर, दशैंका फिल्मले लागत पनि उठाउन सकेनन् ।

बरू ‘जेरी अन टप’ तेस्रो साताको संघारमा आइपुग्दा सुपरहिटको बाटोमा देखिएको छ । गत शनिबारसम्म ६ करोड ५१ लाख कमाइ गरेको यो फिल्मले सोमबार ८ करोडको आँकडा नघाएको छ । फिल्मको व्यापारिक रफ्तार अझै आक्रामक रहेकाले ‘जारी २’ रिलिज अघिसम्म १२ करोडको आँकडा नाघ्न सक्ने देखिन्छ । फिल्मको विश्वव्यापी कमाइ भने १४ करोड पुगिसकेको बताइन्छ ।

‘जेरी अन टप’ले बक्स अफिसमा आँधी ल्याउँदा तिहारको अवसरमा रिलिज भएका ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ ओझेलमा परेका छन् । यी तीन फिल्मले अपेक्षित व्यापार गर्न सकेका छैनन् । जसले गर्दा दशैं र तिहारमा रिलिज भएका फिल्महरूमध्ये ‘जेरी अन टप’ नै व्यापारमा ‘टप’ बनेको छ। यसले लामो समयदेखि कमजोर बनेको लभस्टोरी विधालाई पनि पुनर्जीवित गरेको छ ।