Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परान’ले घोषणा गर्‍यो ‘मेरो परान’ प्रतियोगिता, पुरस्कार राशि १ लाख

फिल्मीखबर, काठमाडौं, 2025/10/25

Paran2

 

यही कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परान’ले दर्शकको ध्यान आकर्षित गर्न नयाँ प्रचार अभियान सुरू गरेको छ । निर्माण पक्षले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै दर्शकलाई फिल्मसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरेको हो । यो प्रतियोगिताको पुरस्कार राशि १ लाख रुपैयाँ राखिएको छ । 

यस प्रतियोगितामा सहभागी हुन इच्छुकले आफूले ‘परान’ ठानेको व्यक्तिसँगका तस्बिरहरू पोस्ट गर्दै क्याप्सनमा आफ्ना मनका कुरासहित ‘मेरो परान’ लेखेर फिल्मको आधिकारिक फेसबुक पेजमा ट्याग गर्नुपर्नेछ । यसरी पोस्ट गर्नेमध्ये एक जनालाई ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिने र एक सय जनालाई फिल्मको विशेष शोको टिकट उपलब्ध गराइने जनाइएको छ ।

‘मेरो परान’ प्रतियोगिताको घोषणा गर्दै फिल्मको टिमले केही स्वयंसवकलाई क्यूआरसहित देशका विभिन्न ठाउँमा पनि पठाएको छ । निर्माता रञ्जित आचार्यका अनुसार क्यूआर स्क्यान गरेर फिल्मको ट्रेलर वा गीत सामाजिक सञ्जालमा सेयर गर्नेमध्ये ५० जनालाई कलाकारसँग बसेर फिल्म हेर्ने अवसर प्रदान गरिनेछ । दुवै प्रतियोगितामा कात्तिक २० गतेसम्म मात्र सहभागिता जनाउने पाइनेछ ।

दीपक प्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ, बबिन राई, दमन रुपाखेती, यमन श्रेष्ठ लगायतको अभिनय रहेको छ । शेखर गोल्छा र रञ्जित आचार्यको निर्माण रहेको यो फिल्म बाबु-छोराको सम्बन्धको कथामा आधारित छ ।