Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब माघ १६ मा ‘आ बाट आमा’, पोस्टरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2025/10/20

aa bata aama

 

फागुन १५ गते प्रदर्शन हुने भनिएको फिल्म ‘आ बाट आमा’लाई एक महिना अगाडि सारिएको छ । सोमबार लक्ष्मीपूजाको अवसरमा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ १६ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मको रिलिज सर्नुको मुख्य कारण फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन हो । 

पोस्टरमा फिल्मका तीन मुख्य कलाकार विपना थापा, प्रदीप राउत (गजनी भिलेन) र पल शाहलाई प्रस्तुत गरिएको छ । उनीहरू खुसी मुद्रामा देखिएका छन् । ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ । फिल्ममा विपना र प्रदीपले पलको आमा-बुबाको भूमिका निभाएका छन् ।

चन्द्र पन्तको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा लगायतको पनि अभिनय रहेको छ । कथावाचक साइग्रेस र उषाले यही फिल्मबाट डेब्यु गरेका हुन् । यसमा उनीहरूलाई जोडीको रूपमा प्रस्तुत गरिएको छ । 

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् । फिल्ममा नवराज उप्रेतीको छायांकन तथा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । यो फिल्मको छायांकनअघि नै अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।