.jpeg)
निर्माता किरण नेपालीको निर्देशनमा बन्न लागेको फिल्म ‘महादशा’मा कलाकारको लाइनअप बलियो देखिएको छ । निरुता सिंह, उत्तम प्रधान, प्रमोद अग्रहरी जस्ता कलाकार अनुबन्ध भइसकेको यो फिल्ममा अब अभिनेत्री पूजा शर्माको प्रवेश भएको छ । उनी सोमबार फिल्ममा अनुबन्ध भएकी हन् । पूजाले यसअघि किरणको फिल्म ‘पोइ पर्यो काले’मा पनि काम गरेकी थिइन् ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा हिपहप कलाकार हाकिम गुरुङ, प्रेमा लामगाढे, विनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, कमल देवकोटा, पुस्कर भट्ट, दिनेश काफ्ले, रन्जन कोइराला, युबिक राज शाह, स्मृति कल्मर, एलिज पुन लगायतको पनि अभिनय रहनेछ । यसमा मनिष गौतमको लेखन छ ।
राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माता रहेको फिल्ममा सुरज आचार्य कार्यकारी निर्मातामा छन् । फिल्ममा संस्कार, संस्कृति र अध्यात्मसँगै मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मले पार्ने प्रभावलाई कथावस्तुको रूपमा प्रस्तुत गरिने जनाइएको छ । फिल्मको छायांकन छठपछि सुरु गर्ने तयारीमा निर्माण पक्ष छ ।

