
गायक तथा संगीतकार बाबुल गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेकी छन् । शनिबार दिउँसो आफैँलाई जलाउने प्रयास गरेकी ती युवतीलाई स्थानीय र प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल पठाएका छन् ।
प्रहरीले गायक गिरीलाई पनि युवतीसँगै अस्पताल लगेको छ । आत्मदहा गर्ने युवती गायिका नितु पौडेल रहेको स्थानीयले बताएका छन् । आगोले उनको अनुहार जलेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
बाबुल र नितुले ‘सत्य राम कसम’, ‘सिट्ठी मारेर’, ‘उसको नजरमा के’ लगायतका गीतमा सहकार्य गरेका छन् । बाबुलका ‘ब्रेकअप सङ’, ‘घामै राजा’, ‘सुतेर उठेको पैसामा’ जस्ता गीत दर्शकमाझ लोकप्रिय छन् । उनका गीतको नेपाली फिल्ममा ठूलो माग छ ।

