Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परान’को ट्रेलरमा बाबु-छोराको सम्बन्धको कथा

फिल्मीखबर, काठमाडौं, 2025/10/18

Neer Bikram Shah,

 

चर्चित हास्य कलाकार दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि दर्शकमाझ ल्याइएको ट्रेलरले फिल्मको भावनात्मक पृष्ठभूमि उजागर गर्दै परिवार, सम्बन्ध र संघर्षको कथालाई पेश गरेको छ । तर, फिल्मको मूल द्वन्द्व भने ट्रेलरमा स्पष्ट रूपमा खुलाइएको छैन ।

अभिनेता नीर शाहलाई केन्द्रमा राखिएको ट्रेलरमा बाबुले छोराप्रति राखेको साथको अपेक्षा र त्यसमा आएको निराशालाई प्रस्तुत गरिएको छ । भावनात्मक दृश्य र सशक्त संवादले ट्रेलरलाई मर्मस्पर्शी बनाएको छ । पारिवारिक सम्बन्धका उतारचढावलाई उजागर गर्ने फिल्मको कथाले दर्शकमा एउटा गहिरो प्रश्न पनि छाडेको छ- ‘के सन्तानले बाबुआमाको इच्छा पूरा गर्न सक्छन् ?’

कात्तिक १४ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायतको पनि अभिनय रहेको छ । यसमा शिवराम श्रेष्ठको डिओपी, मित्र डि गुरुङको सम्पादन तथा गगन थापा मगरको ब्याकग्राउन्ड स्कोर छ । 

‘सासले हैन, साथले चल्ने’ ट्यागलाइन राखिएको यो फिल्मको निर्माणमा देशका ठूला व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा एड्भर्टाइजिङ समूहले सहकार्य गरेका छन् । शेखर गोल्छा र रञ्जित आचार्य फिल्मका निर्माता हुन् । उद्योगपछि शेखरले यही फिल्मबाट निर्माणमा हात हालेका हुन् । उनी अब वर्षेनि २/३ वटा फिल्म निर्माण गर्ने योजनामा छन् ।