Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो ‘कुमुदे हिँड्यो हिरो बन्न’को छायांकन, अर्को वर्ष रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/10/16

kudume hiro

 

फिल्मको हिरो बन्ने सपना र संघर्षको कथामा आधारित फिल्म ‘कुमुदे हिँड्यो हिरो बन्न’को छायांकन सकिएको छ । यसै साता फिल्मको सम्पूर्ण छायांकन पूरा गरेर बुधबारदेखि सम्पादन प्रक्रिया सुरु गरिएको छ । सन्देश शाहले सम्पादन गर्ने यो फिल्मलाई साहित्यकार तथा गीतकार जानकी पन्तले निर्देशन गरेकी हुन् । उनको यो पहिलो निर्देशकीय फिल्म हो । 

२०८३ सालको सुरुवातमा प्रदर्शन गर्ने लक्ष्य राखिएको यस फिल्ममा कुमुद पन्त मुख्य भूमिकामा छन् । उनको जोडी ऋचा थापा र रविना परियारसँग बाँधिएको छ । यसमा बिष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकर राज पहाडी, पिताम्बर रिजाल, सचिन भुसाल, रविन बराइली, किरण मगर पुन, सरस्वती विक, प्रयुश दत्त सुवेदी, काव्यरस रिजाल लगायतको पनि अभिनय रहेको छ ।

कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता विष्णु पन्त शर्मा आचार्य हुन् भने सह-निर्मातामा चक्र बहादुर बराल रहेका छन् । रंग पत्रकार भोला सुवेदी कार्यकारी निर्मातामा छन् । उनका अनुसार फिल्म सत्य घटनामा आधारित रहेको छ । हिरो बन्न हिँडेको एक युवाको संघर्षलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको उनले बताए । 

विपिन आचार्य र ओम सुनारको संगीत रहेको फिल्ममा किरण दाहालले द्वन्द्व निर्देशन गरेकी छन् । फिल्ममा दाङको एउटा युवाको कथा र त्यहीँ छायांकन भएकाले पहिला दाङमा विशेष शो गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । निर्देशक पन्तले ‘कुमुदे हिँड्यो हिरो बन्न’मा नयाँपन र वास्तविकताको स्वाद रहेको दाबी गरेकी छन् ।