Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बडी इमेज’सँगको लडाइँ कहिल्यै सकिँदैन : भूमि पेडनेकर

फिल्मीखबर, काठमाडौं, 2025/10/16

bhumi pednekar

 

बलिउड अभिनेत्री भूमि पेडनेकरले डेब्यु फिल्म ‘दम लगा के हईशा’मार्फत स्टेरियोटाइप तोड्ने हिम्मत देखाएकी थिइन् । यसमा उनले प्लस-साइज महिलाको भूमिका निभाएकी थिइन्, जुन बलिउडको सौन्दर्य मानकभन्दा धेरै टाढा थियो । यो फिल्मपछि उनले शारीरिक रूपान्तरणसँगै आत्मविश्वास पनि हासिल गरिन् । तर, बडी इमेजसँगको लडाइँ भने कहिल्यै नसकिने उनको अनुभव छ ।

हालै एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘चाहे करिअरको सुरूवाती चरणमै होस् या अहिले, ‘बडी इमेज’सँगको लडाइँ कहिल्यै सकिँदैन । हामी यही माहोलमा हुर्कियौं, जहाँ हामीले अनेक कमेन्ट्सको सामना गर्नुपर्छ । यसैले पहिला तपाईंले आफू स्वयंलाई प्रेम गर्न सिक्नुपर्छ, र यो एउटा प्रक्रिया हो ।’ सेल्फ-लभमा समय र धैर्य लाग्ने भएकाले यो यात्रा निकै कठीन हुने उनको बुझाइ छ ।

उनले ‘दम लगा के हईशा’पछिको आफ्नो फिटनेस जर्नीको बारेमा पनि कुरा गरेकी छन् । उनी भन्छिन्, ‘यो यात्रा मेरो लागि केवल शारीरिक रूपान्तरणको मात्र  थिएन, मानसिक स्पष्टताको पनि थियो । यसमा मलाई धेरै समय लाग्यो । आज पनि यस्तो दिन आउँछ, जब मन दुख्छ । तर, मेरो दिनचर्याले मलाई नियन्त्रणमा राख्छ । शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्यसँग जोडिएको छ ।’

शारीरिक रुपान्तरणपछि पनि भूमि अक्सर तौलकै कारण ट्रोलको शिकार हुने गरेकी छन् । तर, अब उनलाई ट्रोलले कुनै फरक पार्दैन । ‘एक समय थियो जब मेरो तौल झन्डै ९६ किलो थियो, र त्यहाँ विचारहरू थिए । अब म फरक देखिन्छु, त्यहाँ विचारहरू छन्,’ उनी अगाडि भन्छिन्, ‘म जनताको नजरमा छु, यसैले सबै कुरा सुन्छु । तर अन्ततः, म मेरो लागि जे सही छ त्यही मात्र गर्छु ।’