Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्लो’मा प्रदीप निर्माता पनि, सार्वजनिक भयो ‘एक्लै बाँच्नु’ गीत

फिल्मीखबर, काठमाडौं, 2025/10/15

Pradeep Khadka

 

नेपालको पहिलो साइन्स फिक्सन फिल्म ‘एक्लो : वान’को पहिलो गीत ‘एक्लै बाँच्नु खुरु खुरु’ सार्वजनिक गरिएको छ । आगामी पुष १७ गतेलाई प्रदर्शन मिति तय गर्दै मंगलबार सार्वजनिक गरिएको यस गीतमा फिल्मकी मुख्य अभिनेत्री कविता नेपालीले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् । भिडियोमा उनीसँगै सागर राना पनि देखिएका छन् । 

स्वप्निल शर्माको शब्द तथा तथा रोहित शाक्यको संगीत रहेको गीतमा चर्चित लोकगायिका शान्तिश्री परियारले स्वर दिएकी छन् । महिलाको बह पोखिएको यस गीतमा भान्साको पीडादेखि एक्लोपनको भाव प्रकट गरिएको छ । गीतले जीवनभरि रुनुको सट्टा एक्लै बाँच्न प्रेरणा दिन्छ । पछिल्लो समय बजारमा आइरहेका फिल्मका गीतहरूभन्दा यो पृथक देखिएको छ ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा कवितासँगै प्रदीप खड्का, विजय लामा, सुनिल थापा, बेनिशा हमाल, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठसहित बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय रहेको छ । 

एनआरएन समूहको लगानी रहेको ‘एक्लो’को निर्मातामा अभिनेता प्रदीप खड्का पनि छन् । कार्यकारी निर्माता भने विनोद सुवेदी ‘क्षितिज’ हुन् । यसमा बाबु श्रेष्ठको छायांकन तथा रुपेश गुरुङको सम्पादन रहेको छ । यो फिल्मको गत मेमा विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय बजारमा फिल्मको चर्चा चुलिएको छ ।