Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दशैंका तीन फिल्मको व्यापार : उत्साहजनक न निराशाजनक

फिल्मीखबर, काठमाडौं, 2025/10/14

balidan, harabahadurko jutta and maitighar

 

फिल्म रिलिजका लागि दशैं सबैभन्दा उपयुक्त समय मानिन्छ । लामो विदा र दर्शकहरू ‘फेस्टिभ मुड’मा हुने भएकाले दशैंमा राम्रो कमाइ हुन्छ भन्ने विश्वास निर्माताहरूमा छ । यही कारण वर्षेनि दशैंमा फिल्म रिलिज गर्न ठूलै रस्साकस्सी हुने गर्छ । केही वर्षयता दशैंको अवसरमा दुईभन्दा बढी फिल्म रिलिज हुँदै आइरहेका छन् । यस वर्षको दशैंमा पनि तीनवटा फिल्म एकैसाथ रिलिज भए ।

दशैंको फूलपातीबाट व्यावसायिक प्रतिस्पर्धामा उत्रिएका ‘बलिदान’, ‘माइतीघर’, र ‘हरिबहादुरको जुत्ता’ले दोस्रो हप्तासम्म कूल १२ करोड ५८ लाख ग्रस कमाइ गरेका छन् । यी तीन फिल्मको चर्चा अनुसार यो कमाइलाई निकै कमजोर मानिएको छ । अघिल्लो दशैंमा भएको व्यापारको तुलनामा पनि यो आधाभन्दा कम हो । गत दशैंमा चार फिल्मले झन्डै ५० करोडको व्यापार गरेका थिए ।

दुई सातासम्मको कमाइ हेर्दा तीन फिल्मले नेपालबाटै लगानी उठाउने सम्भावना देखिँदैन । ६ करोड लागत रहेको ‘बलिदान’ले दुई सातामा ४ करोड ७९ लाख कमाएको छ, जसले १३ करोड ग्रस कमाइ गरे मात्र लगानी उठाउनेछ । ३ करोड ३७ लाखमा बनेको ‘हरिबहादुरको जुत्ता’को कमाइ ४ करोड ३२ लाख रूपैयाँ ग्रस छ । यसले अब साढे २ करोड कमाए लगानी सुरक्षित गर्ने देखिन्छ ।

कमाइमा तेस्रो स्थानमा रहेको ‘माइतीघर’ले दुई सातामा ३ करोड ४६ लाख कमाएको छ । यसमा ३ करोडमाथि लगानी भएको छ । अर्थात् फिल्मलाई लगानी उठाउन अझै ३ करोड आवश्यक छ । यसरी हेर्दा तीन फिल्मले लगानी सुरक्षित गर्न थप १४/१५ करोड व्यापार  गर्नुपर्ने देखिन्छ । दशैं सकिएसँगै तीनवटै फिल्मको व्यापारमा भारी गिरावट आएकाले अब यो सम्भावना क्षीण बनेको छ ।

यद्यपि, तीन फिल्मले दुई सातामा गरेको साढे १२ करोडको व्यापार निराशाजनक नै पनि होइन । ठूलो बजेट र दशैंमा रिलिज भएका कारण यो आँकडा कमजोर देखिएको हो । तर, बुझ्नुपर्ने कुरा के छ भने यी फिल्मले जेनजी विद्रोहमा भएको मानवीय क्षति र बाढीपहिरोका बीच यो व्यापार गरेका हुन् । यसैले यस वर्षको दशैं पनि नेपाली फिल्मका लागि सुखद् नै सावित भएको देखिन्छ ।