Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि बन्दै ‘कहाँ भेटिएला’, केदार र धीरज मुख्य भूमिकामा

फिल्मीखबर, काठमाडौं, 2025/10/14

kaha vetiyala

 

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित फिल्म ‘कहाँ भेटिएला’को शीर्षकमा फेरि फिल्म निर्माण हुने भएको छ । १६ वर्षअघि यो फिल्म स्वर्गीय निर्देशक शिव रेग्मीले बनाएका थिए । अब मिलन तामाङले फिल्मको निर्देशन गर्नेछन् । उनी हाल प्रदर्शनरत फिल्म ‘माइतीघर’का निर्देशक हुन् । मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै ‘कहाँ भेटिएला’को निर्माण घोषणा गरिएको हो । 

फिल्मको घोषणा पोस्टरमा एक युवतीलाई प्रस्तुत गरिएको छ, जो कसैलाई पर्खिरहेकी देखिन्छिन् । पोस्टरले फिल्मको कथा प्रेम र पर्खाइमा आधारित रहेको संकेत गर्छ । फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरू गरेर जेठ अन्त्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । निर्देशक तामाङले ‘कहाँ भेटिएला’लाई ‘माइतीघर’भन्दा अझ स्तरीय र उत्कृष्ट बनाउने दाबी गरेका छन् ।

निर्माण पक्षले फिल्मका कलाकारको नाम भने खुलाएको छैन । तर, गत असारमा चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिँदा कलाकारहरूमा केदार घिमिरे, धीरज मगर, बुद्धि तामाङ, श्यामाश्री शेर्पा लगायतको नाम राखिएको छ । यी चार कलाकारसँग मिलनले ‘माइतीघर’मा काम गरिसकेका छन् ।

‘कहाँ भेटिएला’लाई एउटा कालजयी फिल्म मानिन्छ । यो फिल्मका दृश्यसँगै गीतहरू ‘मन खोज्ने मायालुलाई’, ‘दिन दिउकी तिमीलाई रात दिउकी’ र ‘त्यो ओठमा हाँस्न पाउँ’ अझै पनि दर्शकमाझ निकै लोकप्रिय छन् । अब ‘कहाँ भेटिएला’ शीर्षकमा दोस्रो पटक बन्न लागेको फिल्मले दर्शकको मनमा कस्तो स्थान बनाउँछ, त्यो समयले नै देखाउनेछ ।