Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मुगलान’ पुष १० मा आउने, पोस्टरमा प्रेमकथाको झल्को

फिल्मीखबर, काठमाडौं, 2025/10/13

NEW BANNER MUGLAN 3040

 

२० वर्षअघिको ‘कल्ट क्लासिक’ फिल्म ‘मुगलान’को शीर्षकमा फेरि एकपटक फिल्म निर्माण भएको छ । सोमबार यस फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी पुष १० गतलाई प्रदर्शन मिति घोषणा गरिएको छ । यो मितिमा अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्लो’ पनि प्रदर्शन हुने चर्चा छ । यद्यपि, यसको प्रदर्शन मिति घोषणा भइसकेको छैन । 

फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल चित्रित छन् । प्रभात बाँसुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका हातमा पात लिएर लजालु मुद्रामा प्रस्तुत छिन् । यसले उनीहरूबीचको प्रेम सम्बन्धलाई झल्काउँछ । पोस्टरको पृष्ठभूमिमा देखिएको पहाडी भूगोल र रेलको दृश्यले फिल्ममा गाउँ–समाज र परदेशको कथा रहेको संकेत गर्छ ।

आशिष ढकालले लेखन तथा निर्देशन गरेको यो फिल्ममा प्रभात र स्मारिकासहित श्री शिवांशु, दिनेश डिसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन मगर (ख.ब.पु.), राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतको अभिनय रहेको छ । गोमन सिंह निर्माता रहेको फिल्ममा रिता चौधरी सह-निर्मातामा छिन् ।

अजय रेग्मीको डिओपी रहेको रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन, देबेन्द्र कुँवरको कोरियोग्राफी, किरण भुषाल र हरि गिरी (विमर्श)को संगीत तथा  रिदम कँडेलको ब्याकग्राउन्ड म्यूजिक छ । ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने जनाइएको छ ।