Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा ‘कान्तारा २’को आँधी, ‘केजीएफ २’को रेकर्ड तोड्ला ?

फिल्मीखबर, काठमाडौं, 2025/10/12

kantara 2

 

कन्नड फिल्म ‘कान्तारा २’ले भारतीय बक्स अफिसमा आँधी ल्याएको छ । १२५ करोड भारुमा बनेको यो फिल्मले भारतमा मात्रै ४ सय करोडको आँकडा पार परेको छ । त्यसमा हिन्दी भर्सनको योगदान १३१ करोड छ, जुन १० दिनको कमाइ हो । फिल्मको विश्वव्यापी कमाइ भने ५ सय करोडभन्दा बढी रहेको ट्रेड ट्रयाकिङ अनलाइन स्याक्निल्कले जनाएको छ । 

यो फिल्मले भारतमा भारु ६१.८५ करोडको ओपनिङ गरेको थियो, जुन रजनीकान्तको ‘कुली’ (६५ करोड) र पवन कल्याणको ‘दे कल हिम ओजी’ (६३ करोड)भन्दा धेरै हो । प्रदर्शनको एक साताभित्र ३३७ करोडभन्दा बढीको व्यापार गरेको फिल्मले विश्वव्यापी ८ सय करोडको आँकडा छुन सक्ने प्रक्षेपण गरिएको छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा यो सम्भव पनि देखिन्छ ।

‘कान्तारा २’ले कन्नड भाषाको सुपरहिट फिल्म ‘केजीएफ’को भारु २५० करोडको रेकर्ड पहिलो हप्तामै तोडिसकेको छ भने ‘केजीएफ २’को लाइफटाइम कलेक्सन (८५९.७ करोड)को पनि आधाभन्दा बढी कमाइ गरिसकेको छ । ‘केजीएफ २’को रेकर्ड तोड्न सफल भएमा यसले कन्नड भाषाको सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको कीर्तिमान बनाउनेछ ।

दोस्रो सातामा पनि आक्रामक कमाइलाई जारी राखेको ‘कान्तारा २’ले केही दिनमै सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्महरु ‘छावा’ (६०१ करोड), ‘स्त्री २’ (५९७ करोड), ‘जवान’ (५८२ करोड), ‘एनिमल’ (५५३ करोड) र ‘गदर २’ (५२५ करोड)को रेकर्ड तोड्न सक्ने देखिन्छ । ऋषब शेट्टीको निर्देशन तथा अभिनय रहेको यो फिल्म सन् २०२२ मा प्रदर्शन भएको ‘कान्तारा’को प्रिक्वेल हो ।