Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सोल्टिनी’को नयाँ गीत ‘नौलाखे तारा’ सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2025/10/10

Prakash Saput, Parikshya Limbu

 

भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सोल्टिनी’को नयाँ गीत ‘नौलाखे तारा’ सार्वजनिक गरिएको छ । लिरिकल शैलीमा तयार पारिएको यस गीतमा झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ भने शब्द तथा संगीत निर्देशन प्रशान्त स्वयंको हो । संगीत संयोजन देवेश राईले गरेका छन् । 

गीतको भिडियोमा समावेश दृश्यहरूले फिल्मका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बूबीचको प्रेममा देखा परेका पारिवारिक र सामाजिक अड्चनलाई प्रस्तुत गर्छन् । भिडियामा प्रकाश र परीक्षा भावुक मुद्रामा देखिएका छन्, जसले फिल्ममा उनीहरूको विछोडलाई संकेत गर्छ । निर्देशक अर्जुन सुवेदीका अनुसार यो गीतले फिल्मको कथावाचनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ कार्यकारी निर्माताको रूपमा रहेको यस फिल्ममा प्रकाश र परीक्षासहित सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले लगायतले अभिनय गरेका छन् । रेजिना बिस्ट र संसार चौलागाईँ फिल्मका निर्माता हुन् । 

इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरमा छायांकन गरिएको ‘सोल्टिनी’मा अर्जुन सुवेदी र कुमार भट्टराईको स्क्रिप्ट लेखन, सुशन प्रजापतिको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मका सह-निर्माताहरू रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी हुन् । यो फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय विभेदविरुद्ध आवाज उठाउने बताइएको छ ।