Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल स्टारर ‘जेरी अन टप’को ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2025/10/10

anmol kc

 

तिहारको छेको पारेर यही असोज ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको झन्डै चार मिनेट लामो ट्रेलरमा सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथालाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मको उच्च मेकिङ देखिन्छ ।

बच्चैदेखि आफूलाई हरेक खेलमा हराएका पितालाई जितेर देखाउन सगरमाथा चढ्ने संकल्प बोकेको जेरी (अनमोल केसी)ले आरोहणको क्रममा भोग्ने कठिनाइ र चुनौतीसँगै आँचल शर्मा र जसिता गुरुङसँगको प्रेममा आउने उतारचढावलाई ट्रेलरमा चित्रण गरिएको छ । भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतका कलाकारलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।

सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । उनले यसअघि ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लूज’ बनाएका थिए । ‘जेरी अन टप’को निर्माणमा सरोजलाई रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले सघाएका छन् । फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् । 

अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा, सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन तथा किरण थापाको कोरियोग्राफी रहेको छ ।