Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’ हेरेपछि विजय लामा भन्छन्, ‘फरक स्तरको फिल्म’

फिल्मीखबर, काठमाडौं, 2025/10/07

samir bhatta

 

अभिनेता तथा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले फिल्म ‘बलिदान’बाट आफू गहिरो रूपमा प्रभावित भएको बताएका छन् । सोमबार ललितपुरको लबिम मलस्थित क्यूएफएक्स हलमा फिल्म हेरेपछि उनले यसको मेकिङ र प्रस्तुतिको खुलेर प्रशंसा गरे । ‘बलिदान’ले नेपाली फिल्म उद्योगको स्तरलाई नै नयाँ उचाइमा पुर्‍याएको उनले बताए ।

उनले भने, ‘मैले ‘बलिदान’मा ठूलै बलिदानी पाएँ । यो फिल्मसँग आबद्ध सबैको ठूलो योगदान देखेँ । यो फरक स्तरको फिल्म हो । नेपाली फिल्मको स्तर बढ्दै गएको छ भन्ने प्रमाण ‘बलिदान’ हो ।’ नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने आफ्नो सपना ‘बलिदान’बाट पूरा हुनेमा पनि उनी विश्वस्त देखिए । 

उनले ‘बलिदान’का निर्देशक सन्तोष सेनको कामको प्रशंसा गर्दै अगाडि भने, ‘मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन अभिनय गरिरहेको हुन्थेँ होला ।’ उनले नेपाली फिल्म क्षेत्रमा अब समीरले अधिपत्य जमाउने दाबी समेत गरेका छन् । समीरको एक्सन र अभिनय कला अद्भूत रहेको उनको भनाइ छ ।

फिल्म प्रदर्शन भएदेखि काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेकी अभिनेत्री ऋचा शर्माले दर्शकको माया पाउँदा आफू भावविह्वल भएको बताइन् । आमाको भूमिकामा गरेको अभिनयले दर्शकसँग गहिरो सम्बन्ध स्थापित गरेको उनको भनाइ छ । ‘मेरा भूमिकासँग धेरै आमाहरू भावनात्मक रूपमा जोडिनुभयो, त्यो मेरो लागि खुसीको कुरा हो,’ उनले भनिन् ।

प्रदर्शनको दिनदेखि सुखद् व्यापार गरिरहेको ‘बलिदान’मा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय रहेको छ । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । एक्सनप्रधान यो फिल्म आमा–छोराबीचको प्रेम र देशभक्ति भावनाको कथामा आधारित छ ।