.jpg)
आज बडा दशैंको मुख्य दिन अर्थात् विजयादशमी । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजया दशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।
दशैंलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । परम्पराअनुसार गुरुपुरोहित भए उनीमार्फत, नभए परिवारका ज्येष्ठ सदस्य वा अन्य मान्यजनको हातबाट टीका–जमरा लगाइन्छ । नेपाली फिल्मका कलाकारहरूले पनि मान्यजनबाट साइतको टीका ग्रहण गरेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार दिनेश डिसीले आमाको हातबाट टीका ग्रहण गरेका छन् । नेपाली फिल्मकी पहिलो अभिनेत्री भुवन चन्दले भने श्रीमानको हातबाट टीका लगाइन् । अभिनेता निखिल उप्रेतीले श्रीमती सञ्चिता लुईँटेलसहित दुई सन्तानलाई टीका लगाइदिएका छन् भने अभिनेत्री रेखा थापाले छोरीको साथमा श्रीमानको हातबाट टीका लगाएकी छन् ।
अभिनेता अनमोल केसीले पिता भुवन केसीबाट टीका ग्रहण गरेका छन् । नवविवाहित जोडी सविन श्रेष्ठ र अनु शाहले पनि दशैंको टीका लगाएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् । उनीहरूले गत शनिबार लगनगाँठो कसेका हुन् । अभिनेत्री नीता ढुंगानाले श्रीमान् तथा अभिनेता हरिहर अधिकारीको हातबाट टीका ग्रहण गरेकी छन् ।
.jpg)
रमित ढुंगाना, आर्यन सिग्देल, निर्मल शर्मा, सिताराम कट्टेल, कुञ्जना घिमिरे, वर्षा राउत, वर्षा सिवाकोटी, आना शर्मा, उपासना सिंह ठकुरी, रुविना थापा, उषा खड्गी, उषा उप्रेती, आमेश भण्डारी, भोलाराज सापकोटा, दिव्यदेव लगायतका कलाकारहरूले पनि दशैंको टीका ग्रहण गरेको तस्वीर तथा भिडियो क्लिप्स सामाजिक सञ्जालमा सेअर गरेका छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)

.jpg)
.jpg)

