Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’लाई दर्शकको साथ, दुई दिनको कमाइ कति ?

फिल्मीखबर, काठमाडौं, 2025/10/01

samir bhatta

 

फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘बलिदान’लाई दर्शकको राम्रो साथ मिलेको छ । पहिलो दिनमै यो फिल्मको देशव्यापी अकुपेन्सी ७० प्रतिशतभन्दा माथि रहेको थियो । दोस्रो दिन मंगलबार पनि सोही हाराहारीको अकुपेन्सी कायम रहँदा फिल्मले दुई दिनमा १ करोड ५ लाखमाथिको ग्रस व्यापार गरेको छ । नवमीको दिन पनि फिल्मको देशव्यापी अकुपेन्सी सुखद् देखिएको छ ।

‘बलिदान’ हेर्ने दर्शकले यसको सिक्वेल पनि बन्नुपर्ने माग गर्दै फिल्मले नयाँ अनुभव दिलाएको प्रतिक्रिया दिएका छन् । कतिपयले यो फिल्मलाई नेपालमै पहिलो पटक बनेको उच्चस्तरीय एक्सन फिल्म भनेका छन् । अभिनेता समीर भट्टको एक्सन र अभिनयको पनि प्रशंसा भइरहेको छ । प्रायःले उनलाई पछिल्लो पुस्ताको ‘एक्सन स्टार’को रूपमा चित्रण गरेका छन् ।

प्रदर्शनको दिनदेखि नै समीरले काठमाडौंका विभिन्न हलमा पुगेर फिल्मप्रति दर्शकको प्रतिक्रिया बुझिरहेका छन् । उनी हलमा पुग्दा दर्शकहरूबीच तस्वीर खिच्न हानाथाप नै हुने गरेको छ । आफ्नो काम र फिल्मलाई दर्शकले मन पराएकोमा उनी खुसी देखिन्छन् । भन्छन्, ‘दर्शकहरूले फिल्म हेरिसकेपछि आफैँले ‘जय बलिदान’ भनिरहनुभएको छ । त्यो नै हाम्रो जित हो ।’

सन्तोष सेनको निर्देशनमा बनेको ‘बलिदान’मा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, प्रेम पुरी लगायतले अभिनय गरेका छन् । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । निर्माण पक्षले दशैंको टीकापछि फिल्मको व्यापारमा उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको छ ।