Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

फिल्मीखबर, काठमाडौं, 2025/09/29

Dashain three movie

 

लामो समयदेखि सबैको ध्यान केन्द्रित भएको मिति थियो, असोज १३ (फूलपाती) । सुरुमा यो मिति आधा दर्जनभन्दा बढी फिल्मले रोजेका थिए । तर, तीमध्ये केही निर्माण नै भएनन् भने केही निर्धारित मितिबाट पछाडि हट्दा फूलपातीमा ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ मात्र रहन पुगे । अन्ततः सोमबारबाट यी तीन फिल्मको बक्स अफिस प्रतिस्पर्धा सुरु भएको छ ।

तीन फिल्ममध्ये शो संख्या र अग्रिम टिकट बुकिङमा ‘बलिदान’ अगाडि देखिएको छ । दुई सयभन्दा बढी शो पाएको यो फिल्मको सोमबारका लागि २०-२५ वटा शो अग्रिम बुकिङमै हाउसफुल भइसकेका छन् । पहिलो शोमा फिल्म हेरेका दर्शकबाट सुखद् प्रतिक्रिया प्राप्त भएमा फिल्मको ओपनिङ अकुपेन्सी ८०–८५ प्रतिशत पुग्न सक्छ, जुन डेढ करोड हाराहारीको व्यापार हो ।

‘बलिदान’पछि दोस्रो धेरै शो ‘माइतीघर’को छ । देशव्यापी डेढ सयभन्दा बढी शो पाएको यो फिल्मको अग्रिम टिकट बुकिङको अवस्था हेर्दा ओपनिङ सुखद् हुने देखिन्छ । फिल्मको सोमबारका केही शो आइतबार नै भरिएका थिए । दर्शकीय प्रतिक्रिया सकारात्मक आएमा फिल्मले दशैं विदाको फाइदा उठाउने अपेक्षा गरिएको छ ।

१३० बढी शोसहित प्रदर्शनमा आएको ‘हरिबहादुरको जुत्ता’ पनि अग्रिम टिकट बुकिङमा बलियो देखिएको छ । फिल्मको आधा दर्जनभन्दा बढी शोमा ६५–७० प्रतिशत टिकट बिक्री भइसकेका छन् । अब ‘डोरसेल’ पनि राम्रो भएमा फिल्मले ‘बलिदान’पछिको दोस्रो ठूलो ओपनिङ हासिल गर्न सक्छ । फिल्मको व्यावसायिक भविष्य भने ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।

मिलन तामाङ निर्देशित ‘माइतीघर’मा केदार घिमिरे, प्रकाश सपूत, धीरज मगर, उपासना सिंह ठकुरी लगायतले अभिनय गरेका छन् भने दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य, प्रकाश सपूत, स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा लगायतको अभिनय छ । यसका निर्देशक सन्तोष सेन हुन् ।