Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’को ‘बाङ्गा बाङ्गा’ गीतमा आदिवासीमाझ देखिए समीर

फिल्मीखबर, काठमाडौं, 2025/09/28

Samir Bhatta

 

दशैंको फूलपाती (१३ असोज)बाट प्रदर्शन हुन लागेको फिल्म ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ । यस गीतमा सुजन चापागाईँले संगीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ ।

गीतको भिडियोमा घना जंगलबीचको आदिवासी बस्तीलाई देखाइएको छ, जहाँ आदिवासीहरूसँग अभिनेता समीर भट्टले नृत्य गरेका छन् । भिडियोमा कोरियोग्राफर सुनिल क्षेत्री र फिल्मका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ । सेनले फिल्ममा आदिवासीहरूको मुखियाको भूमिका निभाएका छन् ।

केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी’ प्रमाणपत्र पाएको यो फिल्ममा समीर र सन्तोषसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको पनि अभिनय रहेको छ । यसमा ऋचा समीरकी आमाको भूमिकामा छिन् ।

आक्रामक ओपनिङको प्रक्षेपण गरिएको ‘बलिदान’ले देशव्यापी २५० भन्दा बढी शो पाएको छ । फिल्मको टिकट उत्साहजनक रुपमा बिक्री भइरहेकाले आइतबार साँझसम्म शो संख्या ३०० पुग्न सक्ने देखिन्छ । आसुसेन फिल्म प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।