Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जेरी अन टप’को तामाङ सेलो गीत ‘कुरौनी’ रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/09/28

Anmol KC, Jassita Gurung

 

असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’को दोस्रो गीत ‘कुरौनी’ सार्वजनिक गरिएको छ । तामाङ सेलो शैलीमा आधारित यस गीतमा कालीप्रसाद बाँस्कोटा र सोमिया बराइलीको युगल गायन रहेको छ भने काली स्वयंको शब्द तथा संगीत छ । धेरैपछि नेपाली फिल्ममा तामाङ सेलो समावेश गरिएको हो । यो गीतले दर्शकमा नृत्यभाव जगाउने देखिन्छ ।

किरण थापाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका चार मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार प्रसाद घिमिरे (माग्ने बुढा)लाई देख्न सकिन्छ । त्रिकोणात्मक प्रेम देखाउन खोजिएको भिडियोमा अनमोल र जसिताले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतमा घरजमको प्रस्तावदेखि जागिरसम्मको कुरा गरिएको छ । 

सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ भने अभिनेत्री सुरक्षा पन्तले विशेष भूमिका निभाएकी छन् । सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । 

अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता रहेको फिल्मको एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । हेमराज बिसीको कथा रहेको फिल्ममा विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइबा, कालिप्रसाद बाँस्कोटा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।