
नेपालको अग्रणी ओटीटी प्लेटफर्म सिनेमाघर एपले ‘दशैं–तिहार मुभी मेला’ अन्तर्गत चार फिल्म एकसाथ रिलिज गरेको छ । दशैं र तिहारको माहोलमा घरमै बसेर फिल्म हेर्न चाहने दर्शकका लागि एपमा ‘पिताम्बर’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’, र ‘फेरि रेशम फिलिली’ रिलिज गरिएको हो । यी प्रत्येक फिल्मको शुल्क १९९ रुपैयाँ तोकिएको छ ।
मल्टीस्टारर ‘पिताम्बर’ एक्सन प्रधान फिल्म हो भने ‘गाउँ आएको बाटो’मा बाबु-छोराबीचको कथा प्रस्तुत गरिएको छ । यो फिल्मले थुप्रै अन्तर्राष्ट्रिय फेस्टिभलमा भाग लिएको छ । ‘होस्टेल ३’ले होस्टेलमा बस्ने विद्यार्थीहरुको संघर्ष, चुनौती र रमाइलोलाई देखाएको छ । ‘फेरि रेशम फिलिली’मा भने अमेरिका मोहको कथालाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।
सिनेमाघर एपमा ‘बोक्सीको घर’, ‘मनसारा’, ‘भष्मे डन’, ‘प्रसाद २’, ‘दुःखी आत्मा’ लगायतका फिल्महरु पनि उपलब्ध छन् । यो एपमा रिलिज भएका फिल्महरु वेब ब्राउजरसहित गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा सिनेमाघर एप डाउनलोड गरी तथा क्रोमकास्ट गरी सहजै हेर्न सकिन्छ ।
नेपालकै पहिलो ओटीटी प्लेटफर्म रहेको सिनेमाघर एपमा फिल्म हेर्न चाहने दर्शकले संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड र नेपाल तथा भारतबाट विभिन्न डिजिटल वालेट एवं क्युआर कोडको प्रयोग गरेर भुक्तानी गर्न सक्नेछन् । दशैंको अवसरमा एपको वेब संस्करणलाई परिष्कृत गरी अझ आकर्षक बनाइएको छ।

