Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘हरिबहादुरको जुत्ता’को ‘सुन्तलीमाई’ गीतमा आर्यन र वर्षाको छमछमी

फिल्मीखबर, काठमाडौं, 2025/09/26

 Aryan Sigdel, Barsha Raut

 

यही दशैंको फूलपातीबाट प्रदर्शन हुन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक गरिएको छ । समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको यस गीतमा दिनेश थपलिया (पूर्व प्रमुख निर्वाचन आयुक्त)को शब्द रचना, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग तथा मास्टरिङ्ग छ । 

विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतमार्फत उनीहरूले एकअर्काको रूप, गुण र स्वभावको प्रशंसा गर्दै प्रेमका भावना पोखेका छन् । भिडियोमा फिल्मका मुख्य कलाकारहरू प्रकाश सपूत, दिव्य देव, हरिहर शर्मा, दिनेश काफ्ले लगायतलाई पनि देख्न सकिन्छ । 

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने लगायतको पनि अभिनय रहेको छ । फिल्ममा हरिवंशले आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिका निभाएका छन् । फिल्ममा उक्त पात्रको भावनात्मक पाटोलाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको फिल्ममा कृष्ण बहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूतको संगीत रहेको छ । फिल्मको यसअघि सार्वजनिक गीत ‘बेला बितेसी’ दर्शकमाझ लोकप्रिय बनिसकेको छ, जसले युट्युबमा ४१ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ ।