Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.00/5.00)
Text size:-
+
-

फूलपातीका फिल्म चलाउन हलहरू २२ घन्टा खुल्ने

फिल्मीखबर, काठमाडौं, 2025/09/25

Dashain three movie

 

दशैंको फूलपातीबाट तीन फिल्म ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा आउँदैछन् । दर्शकमाझ उच्च प्रतिक्षा भएका यी फिल्मलाई सन्तुलित ढंगले शो विभाजन गर्न यतिबेला हलहरूलाई ठूलो सकस परेको छ । दशैंमै साउथ फिल्म ‘कान्तारा २’ पनि आउने भएकाले शो बाँडफाँट अझ चुनौतीपूर्ण बनेको छ । यद्यपि, तीन फिल्मका शो तालिका सार्वजनिक भइसकेका छन् ।

हलहरूले तीन फिल्मलाई ४५, ३० र २५ प्रतिशतको हिसाबले शो बाँडेका छन् । सबैभन्दा बढी शो ‘बलिदान’ले पाएको छ, जसको शो संख्या देशव्यापी झन्डै २ सय छ । ‘माइतीघर’ले १२० बढी शो पाउँदा ‘हरिबहादुरको जुत्ता’को शो संख्या कुल ११६ छ । केही हलमा अझै शो खुल्न बाँकी नै छ । यी तीन फिल्मलाई अब सबैभन्दा ठूलो चुनौती भनेको उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नु हो ।

‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’का लागि शो व्यवस्थापन गर्न मल्टीप्लेक्सहरूले बिहानको ५ः३० बजेदेखि मध्यरातको ११ः५५ बजेसम्म शो दिएका छन् । अन्तिम शो सकिँदा बिहानको ३ बज्नेछ । यसरी हेर्दा फूलपातीदेखि हलहरू २४ घन्टामा झन्डै २२ घन्टा खुला रहनेछन् । यसअघि कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ चल्दा पनि हलहरू २१–२२ घन्टासम्म खुलेका थिए ।

फूलपातीका तीन फिल्मले घरेलु बजारबाट लगानी उठाउन कम्तीमा पनि ४५ करोड व्यापार गर्नुपर्ने जनाइएको छ । ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’को प्रचारसहित निर्माण लागत ५ करोडभन्दा बढी रहेको बताइन्छ । ‘माइतीघर’ ३ करोड आसपासमा निर्माण भएको हो । २०८१ सालको दशैं विदामा चार नेपाली फिल्मले गरेको कमाइलाई हेर्दा ४५–५० करोडको लक्ष्य त्यति टाढा भने छैन ।