Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘मन बिनाको धन’को पोस्टरमा यस्तो देखिए अशोक दर्जी

फिल्मीखबर, काठमाडौं, 2025/09/24

man binako dhan

 

संगीतकारको रुपमा परिचित टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । गायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्मको पोस्टरमा उनलाई नै स्थान दिइएको छ । उनी स्कूलको पोशाकमा पुस्तक र कलम हातमा लिएर खुसी मुद्रामा देखिएका छन् । 

पोस्टरको पृष्ठभूमिमा अशोक सानो छँदाको तस्वीर देख्न सकिन्छ, जुन उनले झापामा गीत गाएर पैसा माग्दै हिँड्ने बेलाको हो । अर्को तस्वीरमा उनको पहिलो हिट गीत ‘मन बिनाको धन’को झलक राखिएको छ । पोस्टरमा देखिएका तीन फरक तस्वीरले फिल्ममा अशोकको बाल्यकालदेखि अहिलेसम्मको यात्रा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । 

‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको फिल्ममा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी लगायतको अभिनय रहेको छ । 

कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा टंक बुढाथोकीको कथा तथा संगीत, शिवम् अधिकारीको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत र मित्र डि. गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको फिल्ममा सपना शर्मा कार्यकारी निर्मातामा छिन् ।