Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘डल्लेले इन्ट्री मार्‍यो’मा सागरको जोडी रोशनी

फिल्मीखबर, काठमाडौं, 2025/09/23

sagar lamsal and roshani khadka

 

राजु गिरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’को मुख्य अभिनेत्रीमा रोशनी खड्का अनुबन्धित भएकी छन् । सोमबार घटस्थापनको दिन पारेर उनीसँग निर्माण पक्षले लिखित सम्झौता गरेको हो । फिल्ममा उनको जोडी अभिनेता सागर लम्साल (बले ब्रो)सँग बाँधिनेछ । सागर गत माघमै फिल्ममा अनुबन्ध भएका हुन् । 

मिस नेपाल २०२५ मा अडिसन दिएको भिडियो क्लिप्स सार्वजनिक भएपछि रोशनी एकाएक चर्चामा आएकी थिइन् । फरक क्षमताकी उनी थिएटर पृष्ठभूमिकी हुन् । नाटकमार्फत अभिनयको अनुभव बटुलिसकेकी उनी फिल्ममा भने पहिलो पटक देखिन लागेकी हुन् । उनले आफूलाई अभिनयको नयाँ यात्रामा प्रस्तुत गर्न पाउनु ठूलो अवसर भएको बताएकी छन् ।

लक्ष्मण सुवेदीको लेखन रहेको यो फिल्ममा सागर र रोशनीसहित रमेश बुढाथोकी, रविन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेल लगायतको पनि अभिनय रहनेछ । दशैं लगत्तै छायांकन सुरु हुने फिल्ममा श्याम तामाङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन तथा अर्जुन पोखरेल, बाबुल गिरी र रिमेश कुमार थापाको संगीत रहनेछ । 

उषा फिल्म्सको ब्यानरमा सावित्रा चिलुवाल, निर्मला बस्नेत र आशिष-आदर्श बस्नेतले फिल्मको निर्माण गर्नेछन् । चितवन र काठमाडौंमा छायांकन हुने यो फिल्म कमेडी कथावस्तुमा बन्न लागेको हो । फिल्मलाई यसै वर्ष प्रदर्शनको तयारी गरिएको छ ।