Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘सिटामोल’ निर्देशकले ‘लज्जावती’ बनाउने, मुहूर्तसँगै छायांकन सुरु

फिल्मीखबर, काठमाडौं, 2025/09/22

Lajjawati-Team

 

गत साउनमा प्रदर्शन भएको फिल्म ‘सिटामोल’का निर्देशक राज बहादुर सानेले ‘लज्जावती’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । सोमबार घटस्थापनाको अवसरमा पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो । मुहूर्तसँगै पशुपति आर्यघाटबाट फिल्मको छायांकन पनि सुरु गरिएको छ । 

काठमाडौं आसपासका क्षेत्रमा एक महिनासम्म छायांकन हुने यो फिल्ममा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका  विश्वकर्मा, माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतको अभिनय रहनेछ । 

आहा फिल्मस्को ब्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माताहरुमा विकास राज जोशी, कमल प्रसाद शर्मा र सन्दीप रोकाया छन् । दीपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह-निर्माता रहेको फिल्मलाई दिव्यराज सुवेदीले छायांकन गर्नेछन् । ‘लज्जावती’ नामले फिल्म महिलाप्रधान कथावस्तुमा आधारित हुने संकेत गर्छ ।