Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फूलपातीमा थपियो ‘अभिमन्यु’, हिन्दी भर्सन असोज १६ मा

फिल्मीखबर, काठमाडौं, 2025/09/15

Seven Seas Nepal

 

यसपालिको दशैंको फूतपाती (असोज १३ गते) आउन अब दुई साता मात्र बाँकी छ । तर, यो मितिमा फिल्म रिलिज गर्न अझै हानाथाप रोकिएको छैन । अब फूलपातीकै दिन सस्पेन्स थ्रिलर फिल्म ‘अभिमन्युः च्याप्टर वान’ पनि रिलिज हुने पक्का भएको छ । सोमबार निर्माता कम्पनी सेभेन सिज सिनेमाले एक विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । 

यसअघि यो फिल्म भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । तर, जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न असामान्य परिस्थितिका कारण निर्माण पक्षले रिलिज स्थगन गरेको थियो । फूलपातीमा ‘अभिमन्यु’ पनि आउने भएपछि अब चार फिल्मबीच भिडन्त हुने भएको छ । यो मितिमा ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ पनि प्रदर्शनको तयारीमा छन् ।

फूलपातीमा प्रदर्शन हुने तीन फिल्मका निर्मातासँग क्षमायाचना माग्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कुनै पनि टिमसँग जुधाउने वा प्रतिस्पर्धा गर्ने नियत कहिल्यै पनि थिएन । हामी कुनै टिमसँग भिड्न आएका होइनौँ, समय र परिस्थिति नै यस्तो बन्यो ।’ ‘अभिमन्यु’को हिन्दी भर्सन विजयादशमीको दिन (असोज १६ गते) रिलिज हुने विज्ञप्तिमा उल्लेख छ । 

सुशान्त गौतमको निर्देशनमा बनेको यो फिल्ममा कामेश्वर चौरासिया, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ लगायतको अभिनय छ । शरद महतोको छायांकन रहेको फिल्मका निर्माताहरु विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्मातामा छन् ।  विनोद र रमेश सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता हुन् ।