Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेनजी आन्दोलन : ५ हलमा आगजनी र तोडफोड, १७ करोडको क्षति

फिल्मीखबर, काठमाडौं, 2025/09/14

cinema hall

 

जेनजी आन्दोलनको दोस्रो दिन देशभरका भौतिक संरचनामा तोडफोड र आगजनी हुँदा सिनेमा हलमा पनि ठूलो क्षति पुगेको छ । एउटा हल पूर्ण रुपमा जलेर ध्वस्त भएको छ भने चारवटा हलमा तोडफोड र आगजनी भएको नेपाल चलचित्र संघले जनाएको छ ।

विराटनगरस्थित भाटभटेनी सपिङ मलमा आगजनी हुँदा त्यहाँ रहेको देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको हल पूर्ण रुपमा जलेको छ, जसबाट १५ करोड क्षति भएको छ । बुटवल र भक्तपुरको भाटभटेनीमा रहेको क्यूएफएक्स हलको टिकट काउन्टर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको संघले जनाएको छ । 

त्यस्तै, नयाँ बसपार्कस्थित ल्होत्से मलको बाहिर रहेको आइएनआई सिनेमाजको टिकट काउन्टरमा पनि आगजनी र तोडफोड भएको छ । उक्त मलमा भएको आगजनीका कारण हलको उपकरणमा समेत असर परेको जनाइएको छ । आन्दोलनको क्रममा प्रदर्शनकारीले काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा पनि तोडफोड गरेका थिए । 

५ हलमा गरी १७ करोड बराबरको क्षति भएको आँकलन संघले गरेको छ । विराटनगरको एक हलबाहेक अन्य हलहरु सञ्चालन गर्न सकिने भएकाले आइतबार संघको बैठकले कहिलेबाट हल खोल्ने भन्ने निर्णय गर्दैछ । जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरका हलहरु ६ दिनदेखि बन्द छन् । जसले गर्दा नयाँ फिल्मको रिलिज तालिका प्रभावित भएको छ ।