Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेनजीलाई समर्थन गरेपछि दीपकराजलाई धम्की, भन्छन्, ‘कुनै लोभले समर्थन गरेको होइन’

फिल्मीखबर, काठमाडौं, 2025/09/12

Deepak Raj Giree

 

अभिनेता तथा निर्माता दीपकराज गिरीले जेनजी पुस्ताको आन्दोलनपछि आफूले निरन्तर धम्कीको सामना गर्नुपरेको दाबी गरेका छन् । शुक्रबार फेसबुकमा एक पोस्ट लेख्दै उनले कलाकार भएर जेनजीलाई आन्दोलन गर्न उकासेको र उनीहरूतिर लागेको भन्दै केही सरकार पक्षधरले आफूलाई म्यासेज र फोनमार्फत धम्की दिएको बताएका छन् । 

उनले लेखेका छन्, ‘मलाई आएको धम्कीको कुरा । अस्तिको दिनबाट केही मानिसहरूले मलाई पनि धम्काउन थालेका छन् । कहिले इनबक्समा त कहिले कल नै गरेर । उनीहरुहरूको भनाइ थियो, जेनजीलाई उकास्ने तँ ? कलाकार भएर जेनजीतिर लाग्ने ? एक-एक हिसाब राखिन्छ । ती कलहरूमध्ये केही त रेकर्ड पनि गरेर राखेको छु ।’ 

उनले जेनजी आन्दोलनको पहिलो दिन भ्रष्टाचारविरूद्धको आन्दोलन शान्तिपूर्ण होस् भनेर आफूले शुभकामना दिएको र दोस्रो दिन आफूसहित धेरै कलाकारले स्टाटस लेखेर थप हिंसा हुन नदिन प्रधानमन्त्रीलाई राजीनामा दिन अनुरोध गर्दै भौतिक संरचनामा भएको विध्वंस रोक्न धेरै आग्रह गरेको भए पनि स्वार्थ समूहका कारण त्यो नरोकएको उल्लेख गरेको छन् । 

उनी अगाडि लेख्छन्, ‘यसमा सबै पक्षको केही न केही गल्ती भएको छ, तर सरकार पक्षीय केही मानिसहरू यसको आडमा आफ्नो गल्ती महसुस गर्न छोडेर एक-एकलाई छोडिने छैन, बदला लिइनेछ भनेर स्ट्याटस नै ठोक्न थालेको देखेँ, मलाई आएको कल र म्यासेजको कुरा त गरिहालेँ । जहाँसम्म मेरो कुरा छ, २०४६ सालको ठूलो आन्दोलनमा तपाईंहरूसँगै सडकमा नै थिएँ म ।’

उनले ६२/६३ मा आफूले पेशा नै धरापमा राखेर जनताको मागलाई समर्थन गरेको र अहिले पनि कुनै लोभले जेनजी आन्दोलनलाई समर्थन नगरेको स्पष्ट पारेका छन् । दीपकराज लेख्छन्, ‘भाई-बहिनीले सुशासन र भ्रष्टाचारको मुद्दा उठाउनुभो त्यसमा समर्थन जनाइयो, जुन स्वभाविकै थियो । सरकारलाइ दबाब पनि दिइयो । यदि यो गर्नु अपराध हो भने मबाट पनि अपराध भएकै छ ।’