Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मोहर’ हेर्दा ‘सुनको मोहर’ जित्ने मौका

फिल्मीखबर, काठमाडौं, 2025/09/07

mohar

 

गत साउन २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘मोहर’ यस वर्षको दोस्रो हिट बनिसकेको छ । ५ करोडमाथि व्यापार गरिसकेको यो फिल्म अब अर्को महत्त्वपूर्ण उपलब्धितर्फ अघि बढ्दैछ । आगामी २० दिनमा (असोज ११ गते) फिल्मले प्रदर्शनको ५१ दिन मनाउँदैछ । सो अवधिसम्म फिल्मलाई हलमा टिकाउन यसको निर्माण पक्षले सुनको मोहर जित्ने योजना अगाडि सारेको छ ।

देशका चारवटा हलमध्ये कुनै एउटामा गएर ‘मोहर’ हेर्ने ९ जना दर्शकले उक्त पुरस्कार प्राप्त गर्नेछन् । निर्माता चुम्बन जंग शाहीका अनुसार चितवनको म्याङ्गो जनज्योती सिनेमा, समाखुशीको क्यूएफएक्स स्क्वायर मल, कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स र न्यूरोडको रञ्जना सिनेप्लेक्समा फिल्म हेर्ने दर्शकले सुनको मोहर जित्न सक्नेछन् ।

म्याङ्गो हलमा फिल्म हेर्ने ३ जना दर्शकलाई यो पुरस्कारको व्यवस्था गरिएको छ भने सिटी स्क्वायर, कीर्तिपुर र रञ्जना सिनेप्लेक्समा फिल्म हेर्ने समान २/२ जना दर्शकले उक्त पुरस्कार प्राप्त गर्नेछन् । भदौ २३ गतेबाट असोज ११ गतेसम्म समयसीमा राखिएको यो योजनामा सहभागी हुन फिल्मको टिकटको पछाडि नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा खसाल्नुपर्नेछ । 

विजेताहरुलाई फिल्मको ५१ दिने कार्यक्रममा सुनको मोहर हस्तान्तरण गरिने जनाइएको छ । यो योजनाले फिल्मप्रति दर्शकहरु थप आकर्षित हुने र ५१ दिने यात्रा पूरा गर्न सहज हुने विश्वास निर्माण टिमको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।