Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धागो’को ‘ट्याउँ ट्याउँ’ गीतमा बृद्धि, सुरक्षा र वर्षाको नृत्य

फिल्मीखबर, काठमाडौं, 2025/09/05

Surakshya Panta, Barsha Raut, Buddhi Tamang

 

आगामी कात्तिक २८ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । रोमान्टिक कमेडी शैलीमा तयार पारिएको यो गीतमा पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ भने शब्द तथा संगीत पुष्पन स्वयंको हो ।

गीतको भिडियोमा बुद्धि तामाङ, वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा, सुरभि थापा लगायतका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । प्रेम, आकर्षण र चाहनाको भावना समेटिएको यस गीतले दर्शकमाझ फिल्मप्रति थप उत्साह जगाउनेमा निर्माण पक्ष आशावादी छ ।

उदीप राना थापाको निर्देशनमा तयार भएको फिल्ममा सुरक्षा, बुद्धि, प्रभात र सुरभिसहित सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ लगायतको अभिनय रहेको छ । वर्षाले भने गीतमा मात्र अभिनय गरेकी छन् । निर्देशक थापा स्वयंको लेखन रहेको यो फिल्मलाई बलिउडका अनिकेर एम. घोघलेले खिचेका हुन् ।

म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाको ब्यानरमा बनेको ‘धागो’मा अखिलेश रायको सम्पादन, बिनु प्रधानको कस्ट्युम डिजाइन, अनुरूप केर्टकेट्टाको भीएफएक्स, अमित त्रिवेदीको साउन्ड डिजाइन तथा निर्मल पन्याको ब्याकग्राउण्ड स्कोर रहेको छ । उमा थापा, उत्तम थापा र उदीप थापा लगानीकर्ता रहेको यस फिल्ममा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह–निर्मातामा छन् । 

निर्देशक थापाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई फिल्मले केन्द्रमा राखेको बताएका छन् । उनी ‘धागो’लाई आफ्नो माटो र मान्छेको कथाको रुपमा अर्थ्याउँछन् । भारतको डुवर्स निवासी उनको यो पहिलो निर्देशकीय फिचर फिल्म हो ।