Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगातलाई लिएर फिल्म ‘जूबा’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2025/09/03

zoomba

 

प्रकाश कर्णको लेखन तथा निर्देशनमा फिल्म ‘जुबा’ बन्ने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्लले अभिनय गर्नेछन् । 

वर्षा पौडेलको लेखन रहेको यो फिल्मबाट अभिनेत्रीको रूपमा सोफी धरेल डेब्यु गर्दैछिन् । सुधन पोखरेलको पनि फिल्ममा अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । अभिनयको हिसाबले उनको यो तेस्रो फिल्म हुनेछ ।

रक क्यास्टर स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको फिल्मको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । पहिलो पोस्टरमा सौगात क्यामेराको अगाडि घुँडा टेकेर प्रार्थना गरिरहेका देखिन्छन्, जसले फिल्ममा उनी अभिनेताको भूमिकामा देखिन लागेको संकेत गर्छ ।

दोस्रो पोस्टरमा सौगातलाई पिसिओ (टेलिफोन बुथ)भित्र फोन गर्दै गरेको देखाइएको छ भने त्यसको बाहिर सोफी रिसाएको भावमा उभिएकी छन् । तेस्रो पोस्टरमा भने सुधन पोखरेललाई खलनायकको रूपमा प्रस्तुत गरिएको छ । यी तीन पोस्टर हेर्दा फिल्मको कथा दुई दशकअघिको समय सन्दर्भमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।