Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अभिमन्यु’को शीर्षक गीतमा भियोमाको र्‍याप

फिल्मीखबर, काठमाडौं, 2025/09/03

VYOMA

 

नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘अभिमन्यु: च्याप्टर वान’को शीर्षक गीत सार्वजनिक गरिएको छ । र्‍यापर भियोमाको शब्द रचना, संगीत तथा स्वरमा तयार भएको उक्त र्‍याप गीतले पैसाले मान्छेको असली चरित्र उजागर गर्ने सन्देश दिँदै पैसामा माया साटिने र सम्बन्ध टुट्ने यथार्थता प्रस्तुत गरेको छ ।

र्‍यापर भियोमा आफैँ चित्रित गीतको भिडियोमा फिल्मका केही महत्त्वपूर्ण दृश्यहरू पनि समावेश छन् । निर्माण पक्षका अनुसार ‘अभिमन्यु’ पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट मुक्त हुन संघर्ष गर्ने पात्रको कथामा आधारित फिल्म हो, जसलाई शीर्षक गीतले पनि अभिव्यक्त गरेको छ ।

भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला, अनिल कुर्मी लगायतले अभिनय गरेका छन् । सुशान्त गौतमको निर्देशनमा बनेको फिल्मको हिन्दी संस्करण आगामी असोज ६ गते प्रदर्शन हुँदैछ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु’मा मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन तथा शरद महतोको छायांकन रहेको छ । कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल र गुञ्जन गिरीको लगानी रहेको फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्मातामा छन् ।